आधुनिक जीवनशैलीसँगै विद्युतीय उपकरणको प्रयोग बढ्दो छ । काठमाडौंलगायत देशका ठूला तथा साना सहरको प्रमुख समस्याका रूपमा देखिएको छ, ई–वेस्ट अर्थात् विद्युतीय फोहोर । विद्युतीय फोहोर दिन प्रतिदिन बढ्दै जाँदा त्यसले विभिन्न खाले समस्या सिर्जना गरिरहेको सरोकारवालाले बताएका छन् । ‘दैनिक रूपमा प्रयोग गर्दै आएका मोबाइलदेखि एसी, रेफ्रिजेरेटर, टेलिभिजन, कम्प्युटर, वासिङ मेसिनलगायत अन्य विद्युतीय सामानको…