काठमाडौं, १९ जेठ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जअन्तर्गतको फरेन्सिक मेडिसिन विभागका प्रमुख प्रा.डा. प्रमोदकुमार श्रेष्ठ निकै चिन्तित देखिन्छन् । उनको चिन्ता ज्युँदो मानिसप्रति भन्दा मृतकको शवप्रति केन्द्रित छ । फरेन्सिक विभागअन्तर्गतको ल्याबमा दुई वर्षअघिदेखि सनाखत हुन नसकेर अलपत्र अवस्थामा रहेका सयभन्दा बढी शव कहाँ र कसरी तह लगाउने भन्ने विषयमा उनी चिन्तित छन् ।…