काठमाडौँ, १५ जेठ । दोस्रो चरणको स्थानीय चुनावलगत्तै संविधान संशोधन गर्नेगरी सहमति जुटाउन आयोजित ठूला तीन दल र राजपा बैठक टुंगो नजिक पुगेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा आइतबार रातिसम्म बसेको सत्ता घटक कांग्रेस, माओवादी केन्द्र, प्रमुख प्रतिपक्षी एमाले र राजपा नेताहरुबीचको बैठकमा राजपालाई ल्याउने शर्तमा एक साता चुनाव मिति सार्ने प्रस्ताव…