एमालेद्वारा सर्वोच्चको आदेशको स्वागत

काठमाडौं, १३ जेठ । सरकारले थप गरेको स्थानीय तहको संख्या र सीमा हेरफेरमा सर्वोच्च अदालतले लगाएको रोकको प्रमुख प्रतिपक्षी एमालेले स्वागत गरेको छ । पार्टीको संसदीय दलको कार्यालयमा शुक्रबार बसेको स्थायी समिति बैठकले ‘निर्वाचनको मिति तय भइसकेको अवस्थामा कुनै औचित्य र आधारबिना सरकारले गरेको स्वेच्छाचारी कदमलाई सर्वोच्चले लगाएको रोकले पूर्वनिर्धारित तह र मितिमा निर्वाचन गर्न…