त्रिविमा विकृति : अनुत्तीर्णबाट घूस लिएर उत्तीर्ण भएको प्रमाणपत्र दिँइदै

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय(पनिका) बल्खुका अधिकृत रामबहादुर कर्माचार्यले परीक्षामा अनुत्तीर्ण परीक्षार्थीलाई घूस लिएर उत्तीर्ण भएको प्रमाणपत्र  दिएको पाइएको छ । घूस लिई परीक्षा नतिजा फेरबदल गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्माचार्यविरुद्ध सोमबार मुद्दा चलाएको छ । उनीसहित भक्तपुर क्याम्पस दूधपाटीका शिक्षण सहायक सुरेन्द्रप्रसाद कोइराला र अर्का एक परिक्षार्थी केदार भट्टराईविरुद्ध पनि मुद्दा परेको…