नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राजनीतिक प्रतिवेदन प्रकाशन गर्ने विषयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार सहमति जुटेको छ । सचिवालयको बैठकमा राजनीतिक प्रतिवेदन परिमार्जन गरेर जनताको बहुदलीय जनवाद राख्नुपर्ने विषय प्रवेश भएपछि विवाद सुरु भएको थियो । राजनीतिक प्रतिवेदनमा अब ‘जनताको जनवाद’ लेखिनेछ, बीचमा ‘बहुदलीय’ लेखिने छैन । पार्टी एकीकरण भएको…