भारु नोटबन्दीले सुन तस्करी बढ्यो, ५ वर्षमा १ अर्ब ६ करोडको अवैध सुन तस्करी

काठमाडौं, २ माघ । पछिल्लो समय भारत सरकारले पाँच सय र हजारका नोटमा प्रतिबन्ध लगाएपछि त्यहाँ सुनको माग बढेसँगै नेपालमा तस्करी झाँगिएको छ । नगद राख्दा जोखिम बढेपछि भारतीयले पछिल्लो समय सुन नै डिपोजिट गर्न थालेका छन् । सोही कारण भारतीय बजारमा सुनको माग बढ्न थालेपछि नेपाल हुँदै त्यहाँ सुन तस्करी हुन थालेको छ ।…