सेनालाई राजनीतिक भेटमा कडाइ

सैनिक अधिकारीमाथि राजनीतिक र कूटनीतिक भेटमा कडाइ गरिएको छ। सरुवा, बढुवा तथा शान्ति सेनामा सहभागी हुन राजनीतिक भनसुन अमान्य हुने आचार संहिता सेनाले तयार पारेको छ। बिना उद्देश्य गरिने भेटले संगठनको गोपनीयता भंग हुने र प्रतिष्ठामा गम्भीर आँच आउने भन्दै जंगी अड्डाले कडाइ गरेको हो । आचार संहितामा नेपाली सेनाको परम्परा, शिष्टाचार, मिडिया तथा सोसल मिडियाको…