डिएसपी पदमा आन्तरिक प्रतिस्पर्धाबाट बढुवा हुने

नेपाल प्रहरीको नायब उपरीक्षक (डिएसपी) पदमा पहिलोपटक आन्तरिक प्रतिस्पर्धाबाट बढुवा हुने भएको छ । गृह मन्त्रालयले अघि बढाएको नयाँ प्रहरी ऐनमा रिक्त पदमध्ये २० प्रतिशत ‘अन्तरसेवा प्रतिस्पर्धा’बाट बढुवा गर्ने प्रावधान राखिएको छ । मन्त्रिपरिषद्मा पेस गर्नुअघि गृह मन्त्रालयले ऐनको मस्यौदा रायका लागि गत साता लोकसेवा आयोगमा पठाएको छ । करिब आठ महिनापछि कानुन तथा संसदीय…