काठमाडौ,१७ माघ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू भइसकेको भन्दै आर्थिक सहायता नबाड्न सरकारलाई निर्देशन दिएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि १२ माघबाट आचारसंहिता लागू भएको छ ।आचारसंहिता लागू भएको अवधिसम्म आर्थिक सहायता रकम उलब्ध नगर्न नगराउन अर्थ मन्त्रालय र सहायता रकम वितरण नगर्न नगराउन गृह मन्त्रालयलाई निर्देशन दिइएको आयोगले जनाएको छ ।…