काठमाडौ,१६ भदौ । सत्तारुढ दलहरुको प्रभावमा परेर निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिवेदन तयार पारेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले को माथिल्लोदेखि तल्लो तहसम्मैका नेताहरुले असन्तुष्टि जनाएका छन् । ९० प्रतिशत जनसंख्या र १० प्रतिशत भूगोललाई आधार मानेर प्रतिनिधिसभा र प्रदेशसभाको क्षेत्र निर्धारण गरी आयोगले तीन दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष प्रतिवेदन बुझाइसकेको छ । तर,…