जुम्ला, १३ मंसिर । जुम्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । साक्षर घोषणा मापदण्डका सबै सूचक पुरा भएपछि साक्षर जिल्ला घोषणा गरिएको हो । आज सदरमुकाममा आयोजित एक समारोहबीच कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र जिल्ला समन्वय समिति प्रमुख गौरीनन्द आर्चायले जुम्लालाई साक्षर घोषणा गरेका हुन् । सामाजिक विकास कार्यालय, पेश नेपाल, किर्डाक नेपाल, क्याड…