कार्तिक २५, काभ्रेपलाञ्चाेक । विद्यार्थी नेताको रिहाइको माग गर्दै आइतबार र सोमबार नेपाल विद्यार्थी संघले काभ्रेका सबै विद्यालय बन्दको घोषणा गरेको छ । प्रधानमन्त्रीको तस्बिर विगारेर फेसबुकमा शेयर गरेको आरोपमा तपेश्वर उच्च माध्यामिक विद्यालयको नेविसंघका इकाइ सभापति कृष्ण ढकाल पक्राउको विरोधमा नेपाल विद्यार्थी संघले २५ र २६ गते सबै विद्यालय बन्द गर्ने घोषणा गरेको हो…