तुलसीपुर दाङ, ३ असार । घोराहीमा रहेको पल्लवी औषधि पसलले औषधिको अनुचित प्रयोग र दुरुपयोग गरेको जनाउँदै शुक्रबार औषधि विभागको नेपालगन्जबाट आएको टोलीले सिलबन्दी गरेको छ । सो औषधि पसलले नेपालमा बिक्रीका लागि अनुमति नपाएका विभिन्न प्रकारका आधा दर्जनभन्दा बढी भारतीय औषधि बिक्रीका लागि राख्नाका साथै गैरकानुनी रुपले गर्भपतनमा प्रयोग गरिने औषधि बिक्री गरेको पाइएको…