चार सयभन्दा बढी महिलाको निःशुल्क उपचार

बागलुङ, २० जेठ । जैमिनी नगरपालिका–९ पैंयुथन्थापमा भएको स्त्रीरोगसम्बन्धी बहृत् निःशुल्क स्वास्थ्य शिविरबाट चार सय ५७ जना महिलाले लाभ लिएका छन् । दुईदिने शिविरमा पाठेघरको जटिल समस्यादेखि सामान्य स्त्रीरोगका बिरामीले जाँच र उपचार सेवा पाएका हुन् । ग्रामीण भेगका महिलालाई लक्ष्य गरी गैरआवासीय नेपाली सङ्घ हङकङ र पैंयुथन्थाप स्वास्थ्यचौकी मिलेर शिविर चलाएका हुन् । जाँच…