निश्चिन्त भई एचपीभी खोप लगाउन नेपाल चिकित्सक संघको आग्रह

काठमाडौँ, २६ माघ । नेपाल चिकित्सक संघले एचपीभी खोपबारे कतिपय नागरिक विश्वस्त हुन नसकेको पाइएपछि  निश्चिन्त भई खोप लगाउन आग्रह गरेको छ । खोप विश्व स्वास्थ्य संगठनद्वारा गुणस्तरयुक्त प्रमाणित गरिएको र नेपालमा यसको प्रयोग गर्नको लागि औषधि व्यवस्था विभागले समेत अनुमति प्रदान गरेको हुनाले निश्चिन्त भई बालिकाहरूलाई खोप लगाइदिन अभिभावकलाई संघले आग्रह गरेको हो । सन्…