टाइफाइडविरुद्धको खोप अभियान

रुपन्देही, २० चैत । रुपन्देहीमा यही चैत २२ गतेदेखि २७ गतेसम्म टाइफाइड रोगविरुद्ध खोप अभियान सञ्चालन गरिने भएको छ । १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई सो अभियान अन्तर्गत खोप लगाइनेछ । स्वास्थ्य कार्यालयका खोप अधिकृत भेषराज शर्माका अनुसार जिल्लामा दुई लाख ६६ हजार ५१८ बालबालिका छन् । उनीहरूका लागि ९६६ खोप केन्द्रबाट अभियान सञ्चालन गरिने…