म्याग्दी, २२ भदौ । म्याग्दी र दाङमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दाङको लमही नगरपालिका-१ सुनडबरीस्थित सडकमा रा.७ प ८७६३ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ६० वर्षीय गर्भु चौधरीको शनिबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भैरहवा मेडिकल कलेज रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको…