काठमाडौँ, ४ बैशाख । पछिल्लो ६ महिना वर्षा नभएको कारण यस वर्ष देशभरि वन तथा निकुञ्ज क्षेत्रभित्र डढेलोको घटना बढेको छ, जसको कारण काठमाडौँ उपत्यका वायु प्रदूषणको हिसाबबाट विश्वमा सबैभन्दा बढी वायु प्रदूषित सहरहरूको सूचीमा पहिलो स्थानमा पुगेको छ । वातावरणविद्हरू काठमाडौँ प्रदूषित सहर हुनुमा काठमाडौँ उपत्यकाका वरिपरि लागेको डढेलो नै प्रमुख कारण रहेको बताएका…