काठमाडौँ, १५ बैशाख । काठमाडौँ उपत्यकामा जथाभावी पानी तान्ने प्रवृत्तिले यसको भण्डारण सुक्दै गएको छ। बर्खामा रिचार्ज हुँदै आएको माथिल्लो तहको भण्डारण सुक्दै गएको विज्ञ बताउँछन्। उनीहरूका अनुसार मुख्यतः दुई तहबाट पानीको माग पूरा हुँदै आएको छ। एउटा ५० मिटर सम्म (स्यालो वेल) र अर्को ५० मिटरभन्दा गहिरो (डिप वेल)बाट तानिन्छ। स्यालो वेल बर्खामा पुनर्भरण…