ताप्लेजुङ, १४ बैशाख । जिल्लाको मैवाखोला गाउँपालिका-४ साँघुमा चट्याङ लागेर एक जना बालकको मृत्यु भएकाे छ भने दुईजना घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ९ बजेतिर घरमा बसिरहेको बेला घरमा चट्याङ पर्दा ११ वर्षका दार्ची शेर्पाको मृत्यु भएको हाे ।चट्याङ लागेर बालकका बुबा दारिन्जेन शेर्पा र आमा मिङ्लाल्हामु शेर्पा घाइते भएका छन् ।…