नवलपरासी, २८ चैत । पश्चिम नवलपरासी जिल्लाको बर्दघाटबाट प्रज्ञापन पत्रमा उल्लेख भएको भन्दा बढी करिब ४२ टन चिनीसहित दुई वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलले जनाएको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट नवलपरासीले उक्त चिनीसहित ट्रक नियन्त्रणमा लिएको हो । नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको…