आजको मौसम

काठमाडौँ, २३ फागुन । देशका केही भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो र राति केही भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो । आज बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।…