हेटौँडा, १३ फागुन । मकवानपुरबाट विभिन्न हातहतियार तथा लागूऔषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार शुक्रबार राती कैलाश गाउँपालिका–६ दुम्सीखर्कबाट कटुवा पेस्तोल १ थान, सोही पेस्तोलको गोली ६ राउण्ड, भरुवा बन्दुक १ थान, गाँजा १ हजार ५ सय १५ केजी र चरेश १३ केजीसहित ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा…