बाँके, २ माघ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा पुस १२ गतेदेखि देखिएको दादुरा संक्रमण तीव्र बन्दै गएको छ । उपमहानगरका २३ वडामध्ये आइतबारसम्म १५ वडामा संक्रमण फैलिएको छ भने संक्रमित बालबालिकाको संख्या १८८ पुगेको छ । नेपालगञ्जमा शनिबार एकैदिन २० जना र आइतबार १२ जना संक्रमित थपिएका थिए । १५ वडामध्ये ४, ५, ६, ९ र…