ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा, १९ पौष । झापामा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ झिल्मिले पुलस्थित मेची राजमार्गमा २० प ३२७८ नम्बरको मोटरसाइकललाई प्रदेश १–०१–००१ त ९७९७ नम्बरको ट्याक्टरले ठक्कर दिदाँ मोरङको केराबारी गाउँपालिका वडा नं ८ बस्ने २१ वर्षीय योसन लिम्बुको मृत्यु भएको हो ।…