मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

तेह्रथुम, ११ मंसिर । तेह्रथुमको म्याङलुङस्थित दशगते पार्क क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तेह्रथुमका अनुसार २१ प ४२२८ नम्बरको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा फेदाप गाउँपालिका २ ओयाक्जुङका चन्द्रबहादुर लिम्बुको मृत्यु भएको हो । मोटरसाइकल अनियन्त्रित भएर पिल्लरमा ठोकिदा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका…