अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौँ, ३० कार्तिक । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–६ तेलकोटबाट एक केजी गाँजासहित दुई जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामेछाप खाँडादेवी गाउँपालिका–१ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–७ जगाती डेरा गरी बस्ने २८ वर्षीय कमल बिक र रामेछाप दोरम्बा गाउँपालिका–८ घर…