अछाममा मतदान केन्द्रको गेटमा शङ्कास्पद वस्तु फेला

अछाम, ४ मंसिर । अछामको ढकारी गाउँपालिका–२ कालिका मावि मतदान केन्द्रमा शङ्कास्पद वस्तु फेला परेको छ । प्रहरीका अनुसार बिहान ३/४ बजेतिर नै मतदान केन्द्रको गेटमा उक्त शङ्कास्पद बस्तु फेला परेको हो । डिस्पोजका लागि नेपाली सेनाको टोली त्यहाँ पुगिसकेको छ ।