झापा, २४ कार्तिक । झापाको बुद्धशान्ति गाउँपालिबाट श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार २६ वर्षीया सपना गोरडको हत्या गरेको आरोपमा बुद्धशान्ति गाउँपालिका–१ बुधबारे बजारबाट ३२ वर्षीय रघुनाथ मारुती गोरडलाई बिहीबार पक्राउ गरेको हो । बुधबारे बजारमा सुन पसल संचालन गरेर बस्ने रघुनाथ भारतीय नागरिक हुन् ।…