धनुषा, ८ कार्तिक । दीपावलीका लागि झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर धनुषामा आज दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका २२ बसबिट्टी निवासी १९ वर्षीय अमित मिश्र र जनकपुरधाम उपमहानगरपालिका–९ निवासी १४ वर्षीय शिवराज यादवको मृत्यु भएको हो । दुवै जनालाई आफ्नै घरमा दीपावलीका लागि झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेको…