काठमाडौँ, १४ असोज । मोटरसाइकल आफै अनियन्त्रित भइ सडकमा खसेका व्यक्तिको ट्रकले कुल्चेर घटनास्थलमा नै मृत्यु भएको छ । प्रहरीका अनुसार बिहीबार साँझ नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा ट्रकले कुल्चेर भरतपुर–२ बस्ने १९ वर्षीय महमद सकिल साहको घटनास्थलमा नै मृत्यु भएको हो । मुग्लिङबाट नारायणगढतर्फ आइरहेको बागमती प्रदेश ०६–०१ प १९८० नम्बरको मोटरसाइकल अनियन्त्रित…