काठमाडौँ, १० भदौ । क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान विभागको टोलीले धनकुटाको चौबिसे गाउँपालिका-५ घर भई हाल काठमाडौँको भीमसेनगोलामा बस्ने ३८ वर्षीय शान्त कुमार देवानलाई पक्राउ गरेको हो । उनलाई कागेश्वरी मनहरा नगरपालि काँडाघारीबाट पक्राउ गरेको हो । पक्राउ परेका देवानलाई थप…