नुवाकोट केन्द्रबिन्दू भएर ५.३ रेक्टरको भूकम्प

काठमाडौँ, २१ साउन । काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान पाँच बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । नुवाकोटको बेलकोटगढी केन्द्रबिन्दु भएर ५.३ रेक्टरको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।