तनहुँ, २४ साउन । २८औँ विश्व आदिवासी जनजाति दिवसका अवसरमा तनहुँका पाँचवटा स्थानीय पालिकाले सार्वजनिक बिदा दिएका छन् । जिल्लाका तीन नगरपालिका र दुई गाउँपालिका कार्यालयले साउन २४ गतेका दिन मंगललबार सार्वजनिक बिदा दिएका हुन् । जिल्लाका १० पालिकामध्ये व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् ।…