काठमाडौँ, १३ असार । आज मनसुनी वायुको प्रभाव देशभरि रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले सामान्य बदली रही प्रदेश नं–१ र अन्य प्रदेशका पहाडी भू–भागमा वर्षा भइरहेको छ । आज दिउँसो देशभरि सामान्य बदली रही पहाडी भू–भागका धेरै स्थानहरूमामेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।…