महोत्तरी, २९ असार । महोत्तरीको मटिहानी नगरपालिका–१ धिरापुरस्थित विग्ही नदीको छेऊमा शव फेला परेको छ । मंगलबार अर्ध जलेको अवस्थामा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पङ्गेनीका अनुसार नाम, थर, वतन नखुलेको अन्दाजी वर्ष २५ की महिलाको शव अर्धरूपमा जलेको अवस्थामा फेला परेको छ…