काठमाडौँको फोहोर उठाउन मध्यराति १९ बुँदे सहमति

काठमाडौँ, २७ जेठ । स्थानीय तहको निर्वाचनअघिदेखि थुप्रिएको काठमाडौँको फोहोर आजदेखि पुन: उठाउन थालिने भएको छ । ल्यान्डफिल साइट प्रभावित क्षेत्रका जनप्रतिनिधि, स्थानीय र काठमाडौँ महानगरपालिकाबीच भएको १९ बुँदे सहमतिअनुसार अब फोहोर ढुवानी रातिको समयमा मात्र हुनेछ । काठमाडौँ महानगरपालिका र सिसडोल-बन्चरेडाँडाका प्रतिनिधिबीच बिहीबार राति १ बजे सकिएको वार्तामा उपत्यकाको फोहर व्यवस्थापनमा सहमति जुटेको हो…