काठमाडौँ, १२ असोज । जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट भागेका १२ जना कैदीबन्दी गोरखाबाट पक्राउ परेका छन् । प्रहरीका अनुसार कास्की कारगारका सात, केन्द्रीय कारागार जगन्नाथदेवलका तीनजना कैदीबन्दी पक्राउ परेका छन् । जेनजी प्रदर्शनका क्रममा तनहुँ कारागारबाट भागेका एक र बालसुधार गृह सानोठिमी भक्तपुरबाट भागेका एकजना कैदीबन्दीलाई पनि पक्राउ गरेर सम्बन्धित कारागार तथा सुधार गृहमा पठाइएको…