काठमाडौँ, १८ जेठ । आन्तरिक उडान गर्ने वायुयान कम्पनीहरूले विमानस्थलले दिएको उडान योग्य तालिका (फ्लाइट प्लान क्लियरेन्स) का आधारमा मात्र उडान गर्न पाउने भएका छन् । हवाई सेवाको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले अबदेखि उडान गर्ने विमानस्थल, बाटोको मौसम (इनरुट) र अवतरण गर्ने विमानस्थलबाट मौसमसम्बन्धी अनुमति लिएर मात्रै उडान अनुमति प्राप्त गर्ने निर्णय गरेको…