काठमाडौँ, ५ माघ । धरान-१३ स्थित जिरोप्वाइन्टमा भएको बस दुर्घटनामा मुत्यु हुनेहरुको पहिचान खुलेको छ । आइतबार दिउँसो करिब ४ बजे कोशी राजमार्गमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको को.१ ख.७११९ नम्बरको टाइम्स इन्टरनेसनल एकेडेमी जनकपुरको बस अनियन्त्रित भएर दुर्घटना भएको थियो । बस न्यु सबा मेडिकलमा ठोक्किएको थियो । दुर्घटनामा परेर एक बच्चासहित पाँच जनाको मृत्यु भएको छ भने…