दाङ, ३ जेठ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका १२ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने करिब ४ सय ४० मिलिग्राम उक्त पदार्थसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सोमबार राति तुलसीपुर उपमहानगरपालिका-६ बस्ने २३ वर्षीय रबिन नेपालीसहित ४ जनालाई पक्राउ गरेको हो । थप अनुसन्धानको…