काठमाडौँ, ३ चैत । हेटौडाको सिमेन्ट उद्योगमा एक युवकको मृत्यु भएको छ । उद्योगमा कार्यरत अन्दाजी २० वर्षीय भारतीय नागरिक रकिव अख्तरको बिहीबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जनाकारी दिए । हेटौडा उपमहानगरपालिका–१६ हटियास्थित शिवम् सिमेन्ट उद्योगमा सफाइ गर्ने क्रममा उनको मृत्यु भएको हो । अख्तरको सरसफाइ गर्ने क्रममा मेसिनको फित्तामा च्यापिएर मृत्यु भएको जिल्ला…