ताकममा किशोरी सम्मेलन

म्याग्दी, २५ फागुन । म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा पालिकास्तरीय दोस्रो किशोरी सम्मेलन भएको छ । ११२औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा मङ्गलबार भएको सम्मेलनले बालविवाह नियन्त्रण, बालअधिकार संरक्षण र लैङ्गिक समानता कायम गर्न ११ बुँदे घोषणापत्र जारी गरेको छ । गल्र्स फस्ट फण्डको सहयोग, धवलागिरि गाउँपालिकाको समन्वय र सङ्गम म्याग्दीको आयोजनामा किशोरी सम्मेलन आयोजना गरिएको…