काठमाडौँ, ४ बैशाख । अमेरिकाको क्यालिफोर्निया राज्यमा अर्को गाडीले आफ्नो गाडीलाई ठक्कर दिँदा ३२ वर्षीय प्रज्वल विक्रम विष्टको निधन भएको छ । क्यालिफोर्निया राजमार्ग प्रहरीका अनुसार क्यालिफोर्नियाको साक्रामेन्टो सहरमा घटना हुदा घटनास्थलमै विष्टलाई मृत घोषित गरिएको थियो भने अर्का चालक गम्भीर घाइते भएका छन् । घाइते २५ वर्षीय चालकलाई युसि डेविस मेडिकल सेन्टर(चिकित्सा केन्द्र)मा उपचारको लागि राखिएको…