भक्तपुर, २ बैशाख । भक्तपुर बोडेका ४९ वर्षीय बुद्धकृष्ण वाग श्रेष्ठले यो वर्ष नवौं पटक जिब्रो छेडाएका छन् । मध्यपुर थिमि नगरपालिका–२ बोडेमा आज जिब्रो छेड्ने जात्रामा उनले नवौं पटक जिब्रो छेडाएका हुन् । उनले जिब्रो छेड्नका लागि तीन दिन अघिदेखि केही नखाई व्रत बसेका थिए । श्रेष्ठले व्रत बसेदेखि जिब्रो नछेडेसम्म नुनसमेत खाएका थिएनन्…