एमसीसीविरुद्ध प्रदर्शन हुँदा बानेश्वर क्षेत्रमा तनावपूर्ण अवस्था

काठमाडौँ, ४ फागुन । अमेरिकी सहयोग परियोजना (एमसीसी)विरुद्ध बुधबार प्रदर्शन गरिएको छ । विभिन्न संघ–संगठनमा आबद्ध व्यक्तिहरूले नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् । एमसीसीको विरोधमा उत्रिएका १२० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नयाँ बानेश्वरको निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले पानीको फोहरा प्रयोग गरी प्रदर्शनकारीलाई हटाउने प्रयास गरेको छ…