ललितपुर, १३ फागुन । ललितपुर महानगरपालिका–१२ मंगलबजार स्थित इटिचोकबाट १२ जना जुवाडेहरुलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार गएराति जुवा खालबाट ८८ हजार ६६५ रुपैयाँ नगदसहित उनीहरुलाई पक्राउ गरेको हो । जुवा खालबाट प्रहरीले कौडा बरामद गरेको छ । उनीहरुले अनलाईन मार्फत भुक्तानी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।…