काठमाडौँ, ३ भदौ । पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बझाङको छबिसपाथीभेरा गाउँपालिका–१ बालुवाटारस्थित जयपृथ्वी राजमार्ग अवरुद्ध भएको हो । माथिबाट पहिरो खसेर राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारीसाधन रोकिएका छन् ।