सोलुखुम्बु, ७ चैत । सगरमाथाको शिखरमा जाने बाटो निर्माणका लागि आठजना आइसफल चिकित्सक टोली आधार शिविर पुगेको छ । लामो समयदेखि बाटो निर्माणमा सक्रिय आइसफल चिकित्सक आङसर्की शेर्पाको नेतृत्वमा गएको टोली आधार शिविर पुगेको हो । गएको फागुन २८ गते उक्त टोली नाम्चेबाट आधार शिविरतर्फ लागेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)का उपाध्यक्ष लामाकाजी शेर्पाले जानकारी…